चन्द्रागिरि १२ का वडाध्यक्ष महर्जनलाई मातृशोक
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. १२ बलम्बुका वडाध्यक्ष न्हुच्छे बहादुर महर्जनलाई मातृशोक परेको छ ।
वडाध्यक्ष महर्जनकी आमा धनमाया महर्जनको ८० वर्षको उमेरमा बुधबार (माघ १४) निधन भएको चन्द्रागिरि वडा नं. १० का वडाध्यक्ष शीव कुमार महर्जनले जानकारी दिए ।
















