गुर्जुधाराबाट एक जना महिला पक्राउ, अनुसन्धान जारी
थानकोट ।
चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधाराबाट प्रहरीले लागुऔषध (पोल्यान्ड) र ट्रामाडोलसहित एक जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर घर भएर गुर्जुधारामा डेरामा बस्ने सञ्चमाया तामाङ छिन् ।

प्रहरी प्रभाग बलम्बु प्रमुख इन्स्पेक्टर लक्ष्मी खड्का नेतृत्वको टोलीले आइतबार उनको डेरामा खानतलासी गर्दा ५ केजी गाँजाको धुलो (पोल्यान्ड) जस्तो पदार्थ र २५० क्याप्सुल ट्रामाडोल फेला परेको हो ।
प्रहरीले उनको डेराबाट २ लाख ६२ हजार नगद पनि बरामद गरेको छ ।
आरोपीमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडाैंले जनाएको छ ।


















