मत्स्यनारायण मन्दिर क्षेत्र पुनःनिर्मण हुँदै, कृष्ण पाटीपनि नयाँ बन्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिर क्षेत्र पुनःनिर्मण गर्ने कार्य सुरु भएको छ ।

चन्द्रागिरि नगरपालिकाले सो कार्यका लागि सुजन निर्माण सेवाले पेश गरेको बोलपत्र स्वीकृत गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीले जानकारी दिए ।

उक्त कम्पनीले १ करोड २४ लाख ७९ हजार ६ सय ४१ रुपैयाँ ८८ पैसामा सो कार्य गर्ने भएको हो ।

सो वडाका अध्यक्ष अच्युत अधिकारीका अनुसार मन्दिर क्षेत्र पुनःनिर्माण अन्तर्गत कृष्ण पाटी (फल्चा) र आरती हुने स्थलको फल्चाको नयाँ स्वरूपमा निर्माण हुनेछ । साथै, सो क्षेत्रको भुँइमा ढुङ्गा बिच्छ्याइनेछ ।

यो पनि पढ्नुहोस्

थानकोट महालक्ष्मी मन्दिर जिर्णोद्धार हुँदै, झिंगटी हटाएर सुनाैलो धातुले छाना छाइने (डिजाइनसहित)

पौराणिक कथनअनुसार भगवान विष्णुले मच्छेगाउँमा दस अवतारमध्ये पहिलो मत्स्य अवतार ग्रहण गरेको मान्यता छ । पौराणिक राजा सत्यव्रतले कुवा खनाएको र पछि भगवान विष्णुले त्यही कुवामा मत्स्यावतार धारण गरेको तथ्य विभिन्न पुराणमा उल्लेखित छ । गोपाल वंशका पालामा मात्रै कुवाको अस्तित्व सार्वजनिक भएको र मन्दिर लिच्छवि कालमा निर्माण भएको विश्वास गरिन्छ ।

हरेक पुरुषोत्तम मास वा अधिक मासमा यहाँको मच्छेनारायण मन्दिरमा एक महिना लामो मेला लाग्छ। एक महिना भरी मेला लाग्ने हुँदा यसलाई एक महिने मलमास मेला पनि भनिन्छ । गत जेठ महिनामा यहाँ पुरुषोत्तम मास मेला सञ्चालन भएको थियो ।

फाइल फोटो, प्रकाश गोपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ