चन्द्रागिरि ४ मा नेपाली काँग्रेस अघिअघि, राप्रपा पछिपछि

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचन अन्तर्गत अहिले मतगणनाको कार्य देश भरका स्थानीय निकायमा जारी छ । चन्द्रागिरि नगरमा पनि वडागत रूपमा मतगणना कार्य जारी रहँदा ३ वटा वडाको मत परिणाम सार्वजनिक भएका छन् । अहिले चन्द्रगिरि ४ थानकोट तथा चन्द्रागिरि ५ महादेवस्थानको मतगणना जारी छ ।

पछिल्लो मत परिणाम अनुसार चन्द्रागिरि ४ मा नेपाली काँग्रेसका कृष्णप्रसाद खड्गीले अग्रता लिएका छन् । उनले ४६ मत पाउँदा नेकपा एमालेका लेमन श्रेष्ठले १५ मत सहित पछ्याइरहेका छन् । हलोका उम्मेदवारले २१ मत पाएका छन् ।

१०० मत गणना हुँदा मेयरमा नेपाली काँग्रेसले ७१ तथा एमालले १४ मत प्राप्त गरेका छन् ।

यस वडामा २७३८ मत खसेको छ भने वडाध्यक्ष पदमा पाँच दलको उम्मेदवारी परेको छ ।

स्थानीय तह निर्वाचनः चन्द्रागिरि ४ मा कृष्णप्रसाद खड्‍गीलाई विरासत जोगाउन चुनाैती


Leave a Reply

Your email address will not be published. Required fields are marked *