प्रहरी वृत्त थानकोटमा दरबन्दी रहेका एकसहित २३ प्रहरी सम्पर्कविहीन, सम्पर्कमा आउन सूचना

Thankot Times

थानकोट ।

नेपाल प्रहरीका २३ जना कर्माचारी सम्पर्कविहीन भएका छन्।

प्रहरी महानिरीक्षकको सचिवालय कानून शाखाका अनुसार प्रहरी सेवामा रहेका ४ जना सहायक निरीक्षकसहित विभिन्न दर्जाका २३ जना कर्मचारी लामो समयदेखी सम्पर्क विहीन भएका हुन् ।

सूचना जारी गरी खोजतलास गर्दा पनि उनीहरू सम्पर्कमा नआएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मंगलबार गोरखापत्र राष्ट्रिय दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।

तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

सूचना हेराैंः


2 thoughts on “प्रहरी वृत्त थानकोटमा दरबन्दी रहेका एकसहित २३ प्रहरी सम्पर्कविहीन, सम्पर्कमा आउन सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *