धादिङमा मूर्ति चोरी गर्ने एकजना पक्राउ

Thankot Times

थानकोट ।

धादिङको थाक्रे गाउँपालिका-६, महादेवबेसी बजारस्थित कुतकुते महादेवश्वर मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीले सोही गाउँपालिका-३, मल्डुङ बस्ने ३८ वर्षीय सीताराम घिमिरेलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

उनीमाथि मन्दिरमा रहेको राधाकृष्ण र गणेशको मूर्ति चोरी गरेको आरोप छ ।

घिमिरेले उक्त मन्दिरबाट मूर्ति चोरी गरी फरार रहेका र उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *