ढोलाहिटीमा चक्कु प्रहार गर्ने व्यक्ति २ वर्ष जेल बसेका थिए, थानकोट प्रहरीले दायर गरेको थियो मुद्दा

Thankot Times

थानकोट ।

फागु पर्व दिन साँझ ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा भएको चक्कु प्रहारको घटनामा संलग्न मध्येका एक व्यक्ति अपराधिक पृष्ठभूमिका भएको खुलेको छ ।

घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका-६ का २७ वर्षीय पुजन राई र सुनसरीको धरान उपमहानगरपलिका-१३ का २८ वर्षीय रेवश राईको हत्याक ज्यान गएको थियो । 

प्रहरीले हत्यामा संलग्नको आरोपमा दुई समूहका गरी १८ जनालाई पक्राउ गरेको थियो । जसमध्ये पक्राउ परेका विजय राई अपराधिक पृष्ठभूमिका व्यक्ति भएको प्रहरीको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार उनी यसअघि लागुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल सजाय भोगेका व्यक्ति हुन् । लागुऔषध मुद्दामा उनलाई थानकोट प्रहरीले अनुसन्धान गरी मुद्दा चलाएको थियो ।

प्रहरीले पक्राउ परेका ४ जनालाई मंगलबार पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको छ । उनीहरू विरूद्ध कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालत ललितपुरबाट म्याद लिएर प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

पक्राउ परेका बाँकी ८ जनाको हकमा अहिले अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । अन्य भने रिहा भइसकेका छन् ।

हत्या आरोपित र ज्यान गुमाएका राईद्वय चिनाजानकै साथीहरू समेत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

तस्बिरः बाह्रखरीबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *