एक जना प्रहरीको भागमा ४३९ जना नागरिकको जीउ ज्यान !

Thankot Times

थानकोट ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार नेपालमा अहिले एकजना प्रहरीले ४ सय ३९ जना नागरिकको सुरक्षा गर्नुपर्ने जिम्मेवारी रहेको छ ।

संयुक्त राष्ट्र संघको स्टाण्डर्ड अनुसार यूएन स्टाण्डर्ड अनुसार एकजना प्रहरीले ३३३ जना नागरिकको सुरक्षा गर्नुपर्ने दायित्व रहन्छ ।

तर, नेपालको हकमा भने अन्तराष्ट्रिय मापदण्ड भन्दा १०६ जना बढी नागरिकको सुरक्षा गर्नुपर्ने जिम्मेवारी छ ।

सातवटै प्रदेशमा रहेको प्रहरीको दरबन्दी अनुसार कुनै प्रदेशमा अन्तराष्ट्रिय मामपदण्ड नजिकै रहेको देखिन्छ भने कुनै प्रदेशमा त्यो भन्दा धेरै छ । नेपाल सरकारको १५औँ योजनाले एक जना प्रहरीले २८० जनासम्म नागरिकको सुरक्षा गर्नुपर्ने दायित्व उल्लेख छ । यसैले प्रहरी जनशक्ति आवश्यकता भन्दा एकदमै कम देखिएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

यसैगरी एक जना ट्राफिक प्रहरीले २ हजार २ सय भन्दा बढी सवारी साधनको चाप हेर्नुपर्ने जिम्मेवारी रहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *