बल्खुमा सवारी दुर्घटना, माेटरसाइकल चालक कीर्तिपुर निवासी पुरुषकाे मृत्यु

Thankot Times

थानकोट ।

बा.प्र ०१–००६ ख ५७७८ नम्बरको बसमा बा.९६ प ६०१३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा काठमाण्डौ महानगरपालिका–१४ बल्खुस्थित सडकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका–३ बस्ने ५२ वर्षीय सानु वाहकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बल्खु चाेक ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *