नयाँ नैकाप खानेपानी उपभोक्ता समितिको अध्यक्षमा रामहरि बस्नेत

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१४ मा रहेको नयाँ नैकाप खानेपानी तथा सरसपफाइ उपभोक्ता समितिको अध्यक्षमा रामहरि बस्नेत चयन भएका छन् ।
संस्थाको २०८० चैत १७ गते भएको निर्वाचनबाट चुनिएका ९ जना प्रतिनिधिहरू मध्ये बस्नेत अध्यक्ष बनेका हुन् ।

संस्थाको उपाध्यक्षमा अनिल कुमार श्रेष्ठ चुनिएका छन् ।

सचिवमा गंगालाल महर्जन तथा सहसचिवमा बद्रीप्रसाद गाैतम चयन हुँदा कोषाध्यक्षमा भने हसना श्रेष्ठ चयन भएको निर्वाचन अधिकृत ईश्वरप्रसाद सुवेदीले जानकारी दिए ।

यसैगरी सदस्यमा रेखा थापा मगर, हिराकृष्ण महर्जन र कृष्ण चयन भएका छन् । संस्थाले २ जना सदस्य मनोनित गरेको छ जसमा अमृत बानियाँ र सुशिल वाग्ले छन् ।

संस्थाको विधानअनुसार उपभोक्ताहरूबाट प्रत्यक्ष मतदान गरी बढी मत पाएका ९ जना सदस्यहरूबाट ३ जना महिला र ६ जना पुरुष पदाधिकारी चयन हुने व्यवस्था छ  ।

९ सदस्यीय निर्वाचित पदाधिकारीहरू रहने उपभोक्ता समितिमा नेकपा एमाले ले ४, नेपाली काँग्रेसले ३, माओवादी केन्द्रले २ पद बाँढेर लिने सहमति भएपछि उनीहरूले चुनावमा गठबन्धन गरेका थिए ।

दलीय भागबण्डासँग फरक मत राख्ने उपभोक्ताहरूको अलग समुहले पनि स्वतन्त्र प्यानल बनाइ उम्मेदवारी दिएको थियो । जसमा राजनीतिक दलीय गठबन्धका ८ तथा स्वतन्त्र समुहका १ जना निर्वाचित भएका थिए । 

सो संस्थाले नयाँ नैकाप क्षेत्रका करिब २०६० धरमा धारा जडान गरेको छ ।

बस्नेत यसअघि पनि सो समितिका अध्यक्ष थिए । नवनिर्वाचित पदाधिकारीहरूले हिजो बैशाख २ गतेबाट पद बहाली गरेको बताइएको छ।

नैकाप खानेपानीको पदाधिकारी चयनः मतदान समयसीमा सकियो, मत परिणाम आज नै आउने

स्थानीय तहकाे झल्को दिने नयाँ नैकाप खानेपानीकाे चुनाव, दलीय र स्वतन्त्र प्यानलबीच प्रतिस्पर्धा

नयाँ नैकाप खानेपानीकाे निर्वाचनः मतगणना सम्पन्न, कुन प्यानलले कति सदस्य जित्यो ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *