आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

मर्यादा पुरुषोत्तम श्रीराम जयन्ती आज देशभर मनाइँदैछ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक मान्यता अनुरुप यसदिन भगवान रामको पूजा आरधाना गरी यस पर्व मनाइन्छ । पर्वका अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

यस पर्व मिथिलाञ्चलमा धुमधामका साथ मनाउने प्रचलन छ ।

रामनवमीका अवसरमा देशका विभिन्न स्थानमा रहेका राममन्दिरहरूमा श्रद्धालुहरूको भीड लागेको छ ।

रामचन्द्र भगवानको जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *