धादिङमा मल बोकेको ट्रक दुर्घटना प्रकरणः ट्रक चालकसहित चार जनाको मृत्यु

Thankot Times

थानकोट ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पतेनी पाल्पालीटोलमा  बैशाख २ गते भएको ट्रक दुर्घटनामा परि घाईते भएका ट्रकका चालक ४० वर्षीय बिष्णु श्रीमलको उपचारका क्रममा मृत्यु भएको छ ।

पतेनी दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

गम्भिर घाइते भएका श्रीमलको काठमाडाैंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको हो ।

जिल्ला अस्पताल धादिङबेशीमा प्रारम्भिक उपचारपछि आइतबार दिउँसो थप उपचारका लागि घाईते ६ जनालाई हेलिकप्टरबाट र एक जनालाई एम्बुलेन्स मार्फत काठमाण्डौं ल्याइएको थियो ।

काठमाण्डौंमा उपचार गराईरहेका मध्ये १२ वर्षिय प्रितम मजकोटीको सोमबार राति उपचारकै क्रममा केएमसी सिनामंगलमा मृत्यु भएको थियो ।

धादिङ जिल्लाको निलकण्ठ नगरपालिका-५ खाल्टे पाल्पाली टोलमा आइतबार बिहान बा २ ख ८९४७ नम्बरको  मिनिट्रक दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको थियो भने अर्का एक जनाको धादिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतक बाबु छोरा हुन् ।

जिल्ला अस्पताल धादिङबाट थप उपचारका लागि काठमाण्डौं ल्याइएका घाइतेमध्ये ६ जनाको ट्रमा सेन्टरमा उपचार भईरहेकोमा उपचारको क्रममा विष्णु श्रीमलको बुधबार बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको पतेनी आधारभूत विद्यालयका प्रधानाध्यापक शिवहरी अधिकारीले बताउनुभयो ।

घरबाट गोठेमल लोड गरेर खेततर्फ लैजादै गर्दा मिनिट्रक पतेनी दाउने खोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा पर्नेहरु सबै पाल्पाली टोलका हुन् । दुर्घटनामा एकै परिवारका पाँच सहित ९ जना सवार थिए । दुर्घटनामा चार जना बालबालिकासहित सात जना घाइते भएका थिए ।

घाइते मध्ये अहिले ट्रमा सेन्टरमा उपचार भईरहेकाहरुमा ३५ वर्षिया हिरा रम्तेल, ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, ११ वर्षीय बिमल मजकोटी र १३ वर्षीय कृष्ण रम्तेल रहेका छन् ।

तस्बिरः धादिङ न्यूज


Leave a Reply

Your email address will not be published. Required fields are marked *