२०७२ को विनाशकारी भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी

Thankot Times

थानकोट ।

भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बृहत् फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।

नौ वर्षअघि नेपालमा २०७२ साल वैशाख १२ गते गोरखाको दक्षिण पूर्व बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ९ म्याग्निच्युटको विनाशकारी भूकम्पको सम्झनामा उक्त फोटो प्रदर्शनी गरिएको हो ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना तथा महिला पत्रकारहरूको संस्था ’संवाहिका समाज नेपाल’को सह–आयोजनामा भएको फोटो प्रदर्शनीमा वैशाख १२ लगायत विभिन्न समयमा डोटी, बझाङ, जाजरकोट लगायतका स्थानमा गएका भूकम्पहरूबाट भएको क्षति तथा समाज र भूगोलमा आएका परिवर्तनका दृश्यहरू समावेश गरिएको छ आयोजक संस्थाका प्रतिनिधिहरूले बताएका छन् ।

खानी तथा भूगर्भ विभाग लैनचौर परिसरमा जारी प्रदर्शनीमा विगतलाई बिर्सन नदिई सम्भावित भूकम्पबाट हुने मानवीय तथा भौतिक क्षतिको न्यूनीकरणका लागि सचेत रहनुपर्छ भन्ने सन्देश दिने प्रयास गरिएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *