बागमती प्रदेशको संसदीय समितिमा कांग्रेसको भागमा दुई समिति
थानकोट ।
नेपाली कांग्रेसले बागमती प्रदेशको संसदीय समितिमा दुई वटा समिति पाउने भएको छ । अन्य चार दलले एक-एक वटा समितिको नेतृत्व पाउने गरी सहमति भएको छ ।
शुक्रबार बागमती प्रदेश संसद सचिवालयमा बसेको प्रमुख पाँच दलको बैठकमा कांग्रेसलाई दुई र नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादी एक- वटा समितिको नेतृत्व दिने गरी सहमति भएको हो ।
सहमति अनुसार प्रदेश मामिला र सार्वजनिक लेखा समितिको नेतृत्व कांग्रेसले पाउने छ ।
राप्रपाले अर्थ तथा विकास समिति, एमालेले उद्योग वन तथा वातावरण समिति, एकीकृत समाजवादीले प्रदेश विशेषाधिकार समिति र माओवादी केन्द्रले शिक्षा, स्वास्थ्य तथा कृषि समिति समितिको नेतृत्व पाउने छ ।
सोही अनुसार दलहरुबाट मनोनयन गर्दा गरेर सबै समितिको सभापति शनिबारसम्ममा टुंगो लगाइसक्ने तयारी छ ।
बागमती प्रदेशमा संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता गरिँदै










