गिरीबन्धु बारे बालेनलाई सोध्नु- खड्ग प्रसाद ओली

Thankot Times

थानकोट ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-इस्टेटबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन् ।

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा ओलीले गिरीबन्धु प्रकरणबारे बालेनलाई सोध्न भनेका हुन् ।

गिरीबन्धु टी-इस्टेटबारे कुरा आइरहेका छन् भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस् ।’

सोमबार बिहान काठमाडौं महानगरका मेयर बालेनले गिरीबन्धुबारे केपी ओलीको नाम नै उल्लेख गरेर गिरीबन्धुको विषयान्तर गर्न न्यूरोड सडकको विषय उठाएको आरोप लगाएका थिए ।

माननीय केपी ओलीज्यू दश हजार करोड काण्ड लुकाउन खोज्दा जेल पुगिएला !- मेयर बालेन

बालेनले ओलीलाई गिरीबन्धुमा अनियमितता गरेको आरोप लगाउदै पिडितको बैना फिर्ता गरिदिन चेतावनी शैलीमा आग्रह गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *