नेकपा एमाले सचिवालय बैठक बस्दै, यस्तो छन बैठकका एजेन्डा

Thankot Times

थानकोट।

नेकपा एमालेको सचिवालय बैठक आज मंगलबार बस्दै छ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिबारे पनि छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेस र एमालेबीच अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।

चुनावी सरकार भने कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन गर्ने यी दुई दलबीच सहमति भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *