कांग्रेस संसदीय दलको बैठक बस्दै
थानकोट ।
नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेसले आज १२ बजे बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।
बैठक संघीय संसद भवन नयाँ बानेश्वर, ल्होत्से हल नयाँ बानेश्वर काठमाडौंमा हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
कांग्रेस-एमाले गठबन्धनको सरकारले संसदमा दुई तिहाई बहुमत पुर्याउने कसरत गरिरहेका छन् ।










