कीर्तिपुरमा सभापति रवि लामिछानेको उपस्थितिमा रास्वपा बागमती प्रदेशको विस्तारित बैठक बस्दै

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको विस्तारित बैठक आज बस्दैछ ।

बैठक बिहान ७ः३० बजे कीर्तिपुरस्थित नगाउँको बाघभैरब ब्यांक्वटेमा बस्ने बताइएको छ ।

पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा हुने सो बैठकमा उपस्थित प्रतिनिधिहसँग सम्वाद गर्ने र सुझाव संकलन गर्ने तालिका रहेको रास्वपा काठमााडैं जिल्ला संयोजक प्रदिप विष्टले जानकारी दिए ।

बैठकका लागि प्रदेश समितिका सबै सदस्यहरु, प्रदेश विभागका पदाधिकारी तथा सदस्यहरु, निर्वाचन क्षेत्र सभापतिसहित ३ जना प्रतिनिधिहरु, स्थानीय तहका सभापतिसहित ४ जना प्रतिनिधिहरु आमन्त्रित गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *