नेपाल प्रिमियर लिगः दोश्रो क्वालिफायरमा आज जनकपुर र कर्णालीबीच प्रतिस्पर्धा हुँदै

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो क्वालिफायर खेल आज बिहीबार हुँदैछ ।

जहाँ जनकपुर बोल्ट्स र कर्णाली याक्स मैदान उत्रिँदा दुवै टोलीको लक्ष्य जितसहित फाइनल पुग्ने हुनेछ ।

प्रतियोगितामा जनकपुर लिग चरणको दोस्रो स्थानमा रहँदै प्लेअफमा आएको हो । तर, पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको हो ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति आउँदो शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

यसअघि सुदूरपश्चिमले पहिलो प्लेअफमा जनकपुरलाई आठ विकेटले निराश बनाउँदै फाइनल यात्रा तय गरेको थियो ।

सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग क्रिकेटको फाइनलमा, जनकपुर बोल्ट्स ८ विकेटले पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *