दोस्रो उपत्यकाव्यापी गोदावरी मेयर कप फुटबलमा १३ टिम, चन्द्रागिरि र दक्षिणकाली एकै समुहमा
थानकोट ।
ललितपुरको गोदावरी नगरपालिकाको आयोजनामा यही शनिबार (बैशाख २०) बाट सुरु हुने दोस्रो उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा १३ वटा टोलीको सहभागिता रहने भएको छ ।
प्रतियोगिताका खेलहरु गोदावरी नगरपालिकाको वडा नं १० टाहाखेल-झ्यालुन्टारमा अवस्थित बहुउद्देश्यीय रंगशालामा हुनेछन् ।
प्रतियोगितामा काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये १३ वटाले सहभागिता जनाउने बताइएको छ।
जसअनुसार काठमाडौं जिल्लाबाट ६ , ललितपुर जिल्लाबाट ५ र भक्तपुर जिल्लाबाट २ पालिकाको सहभागिता रहनेछ ।
काठमाडौंबाट काठमाडौ महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, दक्षिणकाली नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र तारकेश्वर नगरपालिकाले भाग लिँदा ललितपुर जिल्लाबाट आयोजक गोदावरीसहित ललितपुर महानगरपालिका , महालक्ष्मी नगरपालिका, बाग्मती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाले सहभागिता जनाउनेछन्। यस्तै, भक्तपुर जिल्लाबाट चाँगुनारायण नगरपालिका र मध्यपुर ठिमी नगरपालिकाले सहभागिता जनाउने पक्का भएको छ ।
प्रतियोगिताको पहिलो संस्करणमा भाग लिएका नागार्जुन नगरपालिका, टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका यसपटक भाग लिएका छैनन् ।
चाँगुनारायण र कागेश्वरी मनोहराले पहिलोपटक प्रतियोगितामा सहभागिता जनाउँदैछन् ।
सहभागी भएका १३ वटा पालिकाका टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता गराइने प्रतियोगिताका संयोजक निरोज बज्राचार्यले जानकारी दिए ।
समुहमा अंकतालिकाको शीर्षस्थानमा रहने टोली सेमीफाइनलमा प्रवेश गर्नेछ ।
प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँसहित ट्रफि पुरस्कार प्रदान गरिनेछ ।
अनुशासित टिमलाई ५० हजार प्रदान गरिँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले काठमाडाैं उपत्यकामा नयाँ खेलाडी उत्पादन र फुटबलको विकास गर्ने उद्देश्यले अन्तरपालिका फुटबलको आयोजना गरिएको बताए ।
शनिबार दिउँसो साढे ३ बजे हुने उद्घाटन खेलमा आयोजक गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिका भिड्नेछन् ।
समुह ए
ललितपुरका ४ वटा पालिका एकै समूहमा परेका छन् । महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, ललितपुर महानगरपालिका र बाग्मती गाउँपालिका ।
समुह बी
समूह बी मा भक्तपुरका दुवै पालिका परेका छन् ।
३ टिम रहेको समूहमा मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिकासँगै काठमाडौँ महानगरपालिका रहेका छन् ।
अघिल्लो संस्करणमा काठमाडौं महानगरले उपाधि जितेको थियो ।
काठमाडौं महानगरलाई गोदावरी मेयर कपको उपाधि, चन्द्रागिरिका साहिल सर्वोत्कृष्ठ डिफेन्डर
समुह सी
समुह सीमा कागेश्वरी मनोहरा नगरपालिका, दक्षिणकाली नगरपालिका र चन्द्रागिरि नगरपालिका परेका छन् । चन्द्रागिरि साविक उपविजेता टोली हो ।
गत महिना सम्पन्न काठमाडाैं जिसस कपमा दक्षिणकालीले चन्द्रागिरिको चुनाैती पन्छाउँदै उपाधि जितेको थियो ।
समुह डी
कीर्तिपुर नगरपालिका, तारकेश्वर नगरपालिका र कोन्ज्योसोम गाउँपालिका












