ईन्जिनियर उत्तम बहादुर राउतलाई नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको साँचो हस्तान्तरण

Thankot Times

थानकोट ।

दोश्रो नगर अधिवेशनबाट निर्वाचित भएका नेकपा एमालेका पदाधिकारीहरूका लागि पदीय जिम्मेवारी हस्तान्तरण गरिएको छ ।

गत जेठ ५ र ६ गते सम्पन्न सो पार्टीको नगर अधिवेशनले ईन्जिनियर उत्तम बहादुर राउतलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।

शुक्रबार एक कार्यक्रमका बीच सो पार्टीका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले नवनिर्वाचित अध्यक्ष राउतलाई जिम्मेवारी हस्तान्तरण गरेका छन् । सो क्रममा नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्षमा उत्तम बहादुर राउत निर्वाचित


Leave a Reply

Your email address will not be published. Required fields are marked *