नेपाल प्रिमियर लिगमा आजबाट प्लेअफ चरण, चितवन र कर्णाली तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
थानकोट ।
काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज बुधबार प्लेअफ चरणका दुइ खेल हुँदैछन् ।
जस मध्ये दिनको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदै छ ।
आजको खेलमा जित निकाल्ने टोलीले फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ । पराजित हुने टोली घर फर्कनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।
नेपाल प्रिमियर लिग विजेतालाई १ करोड १० लाख नगद, उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार
यस्तै आज नै दिनको १ बजे सुरु हुने पहिलो क्वालिफायरमा अन्तर्गतको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
खेलको विजेता फाइनलमा पुग्दा पराजित टोली इलिमिनेटर विजेतासँग दोश्रो क्वालिफायरका लागि खेल्नेछ ।














