राष्ट्रपति रामचन्द्र पाैडेदद्वारा विपद्सम्बन्धी अध्यादेश जारी
थानकोट ।
राष्ट्रपति रामचन्द्र पौडेलले विपत्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति पाैडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन् ।
भोटेकोसी बाढीलाई मध्यनजर गर्दै सरकारले विपत्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश सिफारिस गरेको थियो ।
हाल नेपालमा १२ वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था छ । यसलाई छोट्याएर विपत्को सन्दर्भमा ४५ दिनमै मृतक घोषणा गर्न सकिने विषय अध्यादेशमा छ ।













