नेकपा एमालेबाट मन्त्री हुनेहरुको नाम टुंगो लाग्यो

Thankot Times

थानकोट ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लाग्ने क्रम जारी छ ।

रास्वपाले पाएका ४ मन्त्रालयमा पठाउने मन्त्रीको नाउँ टुंगो लागिसकेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा गृहसहित चार मन्त्रालय

नेकपा एकीकृत समाजवादीले २ मन्त्रालय पाउने बताइए पनि मन्त्रीको टुंगो लागेको छैन् ।

एकीकृत समाजवादीको भागमा २ मन्त्रालय

नेकपा माओवादी केन्द्रबाट मन्त्री हुनेहरुको नाउँ टुंगो लागिसकेको छ ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र मन्त्री बनाउने निर्णय भएको बताइएको छ । माओवादीले यसअघि मन्त्री भइसकेका रेखा शर्मा र शक्तिबहादुर बस्नेतलाई पनि पुनः मन्त्री बनाउने भएको हो।

दाहाल नेतृत्वको सरकामा मन्त्री भएका तीन जनाले यसपटक पनि निरन्तरता पाउने बताइएपनि मन्त्रालय टुंगो लागेको छैन् ।

नेकपा एमालेले पनि सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याएको छ ।

सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

जसअनुसार रघुवीर महासेठ, पदम गिरी, दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी मन्त्री हुनेछन् । महासेठले उपप्रधानसहित भाैतिक पूर्वाधार मन्त्रालय पाउने टुंगो लागेपनि अन्यले पाउने मन्त्रालय यकिन हुन बाँकी रहेको बताइएको छ । गिरीले यसअघि नै सपथ लिइसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *