बिहानै स्तब्ध बनाउने खबर, फागु खेल्ने क्रममा ललितपुर ग्याङ फाइट, दुई जनाको ज्यान गयो

Thankot Times

थानकोट ।

फागु खेल्ने क्रममा विवाद हुँदा ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्या भएको छ ।

फागु खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच झगडा हुँदा दुई जनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २८ वर्षीय रेवाज राई र ३० वर्षीय प्रजन राई रहेका छन् । उनीहरूको शव अहिले पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *