नेपाल विद्यार्थी संघ चन्द्रागिरि नगर कार्य समिति विस्तार

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल विद्यार्थी संघले चन्द्रागिरि नगरमा संगठन विस्तार गरेको छ ।

ई.गोविन्द गिरीको संयोजकत्वमा ३९ सदस्यीय नगर समिति सर्वसम्मत रुपमा चयन गरिएको नेपाल विद्यार्थी संघ चन्द्रागिरि नगर समितिले जनाएको छ ।

बागमती प्रदेश सरकार समाजिक विकास मन्त्री एवं नेपाली कांग्रेस नेतृ हरि प्रभा खड्गी, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ९ का क्षेत्रीय सभापति जयकृष्ण महर्जन, नेपाली कांग्रेस चन्द्रागिरि नगर कमिटि सभापति एवं मेयर घनश्याम गिरी, नगर प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, ट्रेड युनियन नेपालका केन्द्रीय अध्यक्ष योगेन्द्र कुँवर, नेपाली कांग्रेस चन्द्रागिरि नगर कार्य समितिका उपसभापति राजेन्द्र विक्रम बानियाँ, नेपाल विद्यार्थी संघ काठमाडाैं जिल्ला सभापति अंशुल के.सी. लगायतको उपस्थितिमा संगठन विस्तार भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *