लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ मा विश्वासको मत लिने

Thankot Times

थानकोट ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ मा विश्वासको मत लिने भएका छन् ।

लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसुचि रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।

आचार्य साउन ७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । मुख्यमन्त्रीले नियुक्त भएको ३० भित्र विश्वासको मत लिनु पर्ने हुन्छ । 

एमाले र काँग्रेसका ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा नियुक्त भएका आचार्य नेतृत्व सरकारमा एमालेका पाँच र काँग्रेसका चार जना मन्त्री छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *