चन्द्रागिरि नगरमा सञ्चालनमा रहेका खानेपानी उपभोक्ता समितिहरूले १५ दिनभित्र विवरण बुझाउनुपर्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्र क्रियाशील खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरूका नाममा सूचना जारी गरेको छ । चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई परिषदको बैठकको निर्णय अनुसार जारी भएको भनिएको सो सूचनामा नगरले ती समितिहरूबाट विभिन्न विवरण माग गरेको हो। 

मंगलबार साँझ चन्द्रागिरि नगरको वेभसाइटमा सार्वजनिक भएको सूचना अनुसार नगरक्षेत्रभित्रका सबै १५ वटै वडामा सञ्चालनमा रहेका खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरूले साधारण सभा तथा लेखापरीक्षण प्रतिवेदन विवरण, समितिमा कार्यरत कर्मचारीहरूको विवरण, उपभोक्ता समितिमा मासिक रूपमा संकलन गरिने महशुलको विवरण, धारा जडान खर्च, नामसारी खर्च तथा धराैटी तथा अन्य शुल्कको विवरण १५ दिनभित्र अनिवार्य रूपमा सम्बन्धित वडा मार्फत बुझाउन पर्नेछ ।

चन्द्रागिरि नगरपालिकाको बाह्राैं नगरसभाले एकीकृत खानेपानी व्यवस्थापन सम्बन्धी विधेयक पारित गरेपछि नगरमा सञ्चालनमा रहेका अधिकाशं उपभोक्ता समितिहरूले केही बुँदा असन्तुष्टी जनाउँदै सर्वोच्च अदालतको संवैधानिक ईजलासमा रिट दर्ता गराएका छन् । अप्रमाणित विवरणहरू अनुसार चन्द्रागिरि नगरमा करिब ३ दर्जन खानेपानी उपभोक्ता समितिहरू अस्तित्वमा रहेको बताइन्छ ।

चन्द्रागिरि नगरपालिकाले मंगलबार साँझ जारी गरेको सूचना हेर्नुहोस्ः 

सम्बन्धित समाचारहरू पढ्न छुटाउनुभयो कि ? 

समन्वय नै नगरी खानेपानी तथा सरसफाई ऐन ल्याइएको भन्दै उपभोक्ता समितिहरु आन्दोलित

चन्द्रागिरि एकीकृत खानेपानी ऐनको विषयमा अदालतमा रिट, चन्द्रागिरि नगर सभासहित ६ विपक्षी

खानेपानी उपभोक्ता समितिको चल, अचल सम्पत्तिमा नगरको कुनै स्वार्थ छैन्- नगर प्रवक्ता खड्गी

आफ्नै मोबाइलमा पढ्नुहोस् चन्द्रागिरि एकीकृत खानेपानी सम्बन्धी ऐन, २०८० को पूर्णपाठ

एकीकृत खानेपानी ऐनको विरोधमा चन्द्रागिरिमा र्याली, नगरप्रमुखलाई बुझाइएको विरोधपत्रमा के छ ?

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *