धादिङमा मिनिट्रक दुर्घटना, २ जनाको मृत्यु, ८ जना घाईते

Thankot Times

थानकोट।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टेमा गोठे मल ढुवानी गरिरहेको मिनिट्रक दुर्घटना भएको छ ।

सो दुर्घटनामा २ जनाको मृत्यु भएको छ, ८ जना घाईते छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार  निलकण्ठ नगरपालिका वडा नम्बर-५ स्थितको पतेनीबाट राम्चे गईरहेको बा २ ख ८९४७ नम्बरको ट्रक सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेको छ ।

दुर्घटनामा घाईते भएका ८ जनालाई धादिङ अस्पतालमा ल्याईएको छ ।

गम्भीर घाईते भएका बिरामीलाई थप उपचारको लागि हेलिकप्टेर मार्फत काठमाण्डौ ल्याउने तयारी भैरहको छ ।

मृतकको पहिचान हुन बाँकी रहेको छ ।

तस्बिरः रेडियो धादिङ


Leave a Reply

Your email address will not be published. Required fields are marked *