सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर घाइते

Thankot Times

थानकोट । 

सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएको सात जनालाई उपचारको लागि सिन्धु सदाबहार अस्पताल पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए । 

दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाबाट  सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर आएको बा.४ ख. ५६१६ नम्बरको बस दुर्घटना दुर्घटनामा परेको हो । 

बसमा ५५ जना सवार रहेकोमा अन्य यात्रु भने सामान्य घाइते भएको भण्डारीले जानकारी दिए । 

घटनास्थल बाह्रविसे बजारबाट २५ किलोमिटर दक्षिणतर्फ पछ । रोल्वालिङ यातायातको जन्ती बोकेको उक्तबस कच्ची र साँघुरो सडकबाट सय मिटर तल खसेको थियो।

पिस्कर प्रहरी चौकी, इलाका प्रहरी कार्यालय बाह्रविसेका सुरक्षाकर्मी र स्थानीयले घाइतेको उद्धार गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *