चित्लाङमा नेपाल बैंकको शाखा विस्तार

Thankot Times

थानकोट ।

चन्द्रागिरिसँग सीमाना जोडिएको मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा नेपाल बैंकको शाखा स्थापना भएको छ ।

आइतबार सो बैंकले चित्लाङमा शाखा विस्तार गरेको हो।

८७ वर्ष अघि स्थापना भएको नेपाल बैंक नेपालको पहिलो बैंक समेत हो जसका देशका विभिन्न स्थानमा २३५ भन्दा धेरै शाखाहरू सञ्चालनमा रहेका छन् ।

थाहा नगरपालिका-९ चित्लाङका वडाध्यक्ष राजकुमार बलामीले चित्लाङमा बैंकिङ्ग सेवा विस्तार हुँदा सो क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधि थप चलायमान विश्वास लिएको बताए ।

तस्बिरः चित्लाङ फेसबुक पेज


Leave a Reply

Your email address will not be published. Required fields are marked *