चन्द्रागिरि नगर एकीकृत खानेपानी ऐनका केही बुँदामा सर्वोच्च अदालतको कारण देखाउ आदेश

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरले जारी गरेको एकीकृत खानेपानी ऐनका केही बुँदामा सर्वोच्च अदालतको कारण देखाउ आदेश जारी गरेको छ ।

चन्द्रागिरि नगरस्तरीय खानेपानी उपभोक्ता समन्वय समितिले २०८० असार २७ गते एकीकृत खानेपानी ऐनका केही बुँदामा असहमति जनाउँदै दर्ता गरेको उत्प्रेषण परमादेश रिटमा सर्वोच्चले सो अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीश डा. आनन्दमोहन भट्टराई, न्यायाधीश अनिल कुमार सिन्हा र न्यायाधीश प्रकाशमान सिंह राउतको पूर्ण संवैधानिक इजलासबाट बुधबार सो आदेश जारी भएको बताइएको छ ।

सो रिटमा चन्द्रागिरि नगरपालिका, चन्द्रागिरि नगरपालिकाको नगर सभा, चन्द्रागिरि नगरका नगरप्रमुख, नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, खानेपानी तथा सरसफाई मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसहित ६ पक्षलाई विपक्षी बनाइएको छ ।

चन्द्रागिरि एकीकृत खानेपानी ऐनको विषयमा अदालतमा रिट, चन्द्रागिरि नगर सभासहित ६ विपक्षी

एकीकृत खानेपानी ऐनको विरोधमा चन्द्रागिरिमा र्याली, नगरप्रमुखलाई बुझाइएको विरोधपत्रमा के छ ?

एकीकृत खानेपानी ऐनको विरोधमा चन्द्रागिरि नगरमा भोलि विरोध र्याली, ऐन सबैको हितमा रहेको नगरप्रमुखको भनाई

आफ्नै मोबाइलमा पढ्नुहोस् चन्द्रागिरि एकीकृत खानेपानी सम्बन्धी ऐन, २०८० को पूर्णपाठ

खानेपानी सम्बद्ध संस्थाको स्वायत्ततामाथि हस्तक्षेप बन्द गर्न फेडवासनको आग्रह

खानेपानी उपभोक्ता समितिको चल, अचल सम्पत्तिमा नगरको कुनै स्वार्थ छैन्- नगर प्रवक्ता खड्गी

चन्द्रागिरि एकीकृत खानेपानी व्यवस्थापन विधेयक पारित, कार्यान्वयन कति सहज ?

एकीकृत खानेपानी तथा सरसफाई विधेयक चन्द्रागिरि नगर कार्यपालिकाबाट पास !


Leave a Reply

Your email address will not be published. Required fields are marked *